बर्दियामा आगलागी हुँदा एकै घरका तीन बालबालिकासहित चार जनाको मृत्यु, एक जना घाइते

बर्दिया, ९ मंसिर । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो । आगोले पोलेर एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो । आगलागी कसरी र के कारण भएकाे प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।