विराटनगरमा आगलागीमा परि घाइते भएका एक जनाको मृत्यु, ३ जना गम्भिर घाइते

विराटनगर । विराटनगरकाे सातघुम्तीमा भएकाे आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएकाे छ ।

सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी घाइते भएका चार जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो । घाइते तीन जनाकाे न्युरो अस्पतालमा उपचार गराइरहेका छन् ।

न्युरोमा उपचार गराइरहेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको मोरङ प्रहरीले जनाएकाे छ ।

घाइतेमध्ये कोशी अस्पतालमा उपचार गराइरहेका एक जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।