यू–१९ विश्वकपमा आज बंगलादेशसँग खेल्दै नेपाल
काठमाडौं, १७ माघ । आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ । दक्षिण अफ्रिकामा जारी विश्वकपकाे खेल नेपाली समय अनुसार दिउँसो पाैने दुईबजे सुरु हुनेछ ।
नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ । उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक पर्दछ ।
नेपाल सुपर सिक्समा २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । समान ६–६ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।