एमाले केन्द्रीय कमिटीको बैठक च्यासलमा बस्दै, ६ कार्यसूचीमा छलफल हुने

काठमाडौं, ८ फागुन । नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ ।

नेकपा एमालेकाे बैठककाे कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका, जनपरिचालन र जनदबाबका एजेन्डाहरु पनि तय भएका छन् ।

गठबन्धनको सरकारले राष्ट्रिय हित, जनसरोकार र सुशासनका प्रश्नमा गम्भीर विचलन देखाएको ठहर गर्दै एमालेले जनपरिचालन गर्ने र दबाव दिने अभियानलाई पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बनाएको हो ।

एमाले केन्द्रीय कमिटीकाे बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्ने छ ।