विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नामिवियासँग खेल्दै

काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले नामिवियासँग खेल्दैछ ।

टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा खेल बिहानकाे ९ : ३० बजे सुरु हुनेछ ।

नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

पहिलो खेलमा हारे पनि नेदरल्यान्ड्सविरुद्ध पुनरागमन जितले नेपालको मनोबल उच्च छ । उच्च मनोबलसँगै घरेलु मैदान नेपालले नामिवियासँग हारको बदला लिन चाहन्छ ।

नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।