तरकारी बारीमा पानी लगाउँदा करेन्ट लागेर एककाे मृत्यु
काठमाडौं, ९ फागुन । भक्तपुरमा तरकारी राेपेकाे खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो करिब ३ बजे भक्तपुर नगरपालिका-२ कालीघाटमा खोलाको पानी तरकारी राेपेकाे खेतमा लगाउने क्रममा स्थानीय ६६ वर्षका गणेशमान गोरेलाई करेन्ट लागेको हाे ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी बसन्त पाठकले जानकारी दिए ।