राजदूतलाई छेउमा राखेर ओलीले भन्नुभयो– ‘नेपाल र चीनबिचको सम्बन्ध सदिऔँ पुरानु हो’

काठमाडौं, ९ फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भाषा र संस्कृति एकैदिनमा नबन्ने भन्दै भाषा र संस्कृति बन्न समय लाग्ने बताउनु भएको छ ।

नेपाल र चीनबिचको भाषा तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएको फिनिक्स इन्सपिरेशनले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाल–चीन सांस्कृतिक सम्मेलन तथा पुरस्कार वितरण कार्यक्रम–२०८०’ लाई सम्वोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो । ‘भाषा र संस्कृति एक सय वर्षमा पनि निर्माण हुन सक्दैन,’ ओलीले भन्नुभयो, ‘सदियौँको विकासक्रमबाट हुन्छ ।’


उहाँले भाषा पढ्नु, संकृति बुझ्नु संस्कृति आदन–प्रदान गर्नु त्यो समाजको ऐन देखाउनु पनि हो भन्नुभयो । ‘नेपाली विद्यार्थीहरु अहिले चाइनीज भाषा पढिरहेका छन् त्यो भनेको त्यहाँको संस्कृति पनि सिकिरहेका छन्,’ ओलीले भन्नुभयो, ‘त्योसँगै भाषा र संस्कृतिको आदन–प्रदान पनि भैरहेको छ । यो महत्वपूर्ण कुरा हो ।’

ओलीले नेपाल र चीनबिच निकै पुरानो सम्वन्ध रहँदै आएको भन्दै दुई देशबिच व्यापारिक मात्रै नभइ जनता–जनताबिचमा पनि सम्बन्ध रहँदै आएको बताउनुभयो । ‘हाम्रो पुरानो सम्बन्धमा यस्ता कार्यक्रमले बहुआयमिक सम्बन्ध स्थापितमा सहयोग गर्छन्,’ ओलीले भन्नुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले पनि नेपाल–चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पु¥याउन यस्ता कार्यक्रमहरुले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रमा युवा तथा महिलाका क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै पूर्वराजदूत डाक्टर अञ्जान शाक्य, विभिन्न विद्यालयमा पुगेर नेपाल–चीन भाषाको प्रर्वद्धनमा योगदान गरेको भन्दै शिक्षा क्षेत्रका तर्फबाट योगेश क्षेत्री र व्यापार–व्यवसायको क्षेत्रबाट गरेको योगदानको कदर गर्दै सन्तोष पाण्डेलाई सम्मान गरिएको थियो ।

सम्मानित भएपछि शाक्यले चाइनीजसँगै यो मन्दीर, मस्जिद, चैत्य, गुम्बा बोलको पुरानो गीत गाउनु भएको थियो । उहाँकै स्वर र डाक्टर अजयक्रान्ति शाक्यको संगीतको उक्त गीत गाउँदा हल नै गुञ्जायमान भएको थियो ।

नेपाल र चीनबिचको भाषा तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएको फिनिक्स इन्सपिरेशनले चिनियाँ भाषा पढाइ भैरहेका काठमाडौं उपत्यकाका विद्यालयका विद्यार्थीरुको सहभागितामा हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको र यो वर्ष पनि त्यसैको निरन्तरता भएको बताएको छ ।

‘हामी वैशाखदेखि फागुनसम्म हरेक महिना नेपाल र चीनको संस्कृति झल्काउने चित्रकला, गायन, कविता जस्ता कार्यक्रम गर्छौ,’ संस्थाका संस्थापक अध्यक्ष विनाेद ब्लोनले भन्नुभयो, ‘ती कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुलाई सम्मान गर्छौ ।’

उहाँले सम्मेलनमा नेपालमा चिनियाँ भाषा पढाइ भैरहेका विद्यालयका विद्यार्थीलाई बोलाउनेसंस्कृतिको आदन–प्रदान गर्ने गरेको जानकारी दिनुभयो । ‘नेपाल र चीनको भूमिकालाई स–साना बालबालिकाहरु दूतको रुपमा काम गरिरहेका हुन्छन्,’ उहाँले भन्नुभयो, ‘हामीले नेपालमा संस्कृति आदन–प्रदानको नाममा बालबालिकालाई भाषा संस्कृति सिकाउँदै आएका छौँ,’ ब्लोनले भन्नुभयो, ‘जसका माध्ययमबाट हजारौँ बालबालिकाले भाषा र संस्कृति आदन–प्रदानमा योगदान गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *