सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं, २७ असोज । स्थानीय बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य घटेर प्रतितोला ४ हजार ३५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *