संसदमा प्रधानमन्त्री र दलका नेताहरूले सम्बोधन गर्ने

काठमाडाैं, २४ फागुन । प्रतिनिधि सभाको आजकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्नुहुने भएका छन् ।

बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने तयारी रहेकाे संसद सचिवालयले जनाएकाे छ।

यस्तै दलका नेताहरूले पनि प्रतिनिधि सभा बैठकमा बोल्ने कार्यक्रम रहेको छ।

गत सोमबार प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाउनुभएकाे थियाे
नयाँ सत्ता गठबन्धन दलहरूबाट २० सदस्यीय मन्त्रिपरिषद बुधबार गठन भई मन्त्रीहरूले शपथ लिएर कार्यभारसमेत सम्हालिसक्नु भएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *