प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरूलाई कांग्रेसको ह्वीप

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसदहरुलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नुभएकाे हाे ।

प्रधानमन्त्रीले गठबन्धन फेरेपछि फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रमुख सचेतक लेखकले उक्त दिन अनिवार्य उपस्थित भइ विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन (ह्वीप) जारी गरिएको बताउनुभएकाे छ ।

प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन् ।