प्रसूति गृहबाट बच्चा चोरेकी महिलालाई डेढ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं, ४ चैत्र । थापाथलीकाे प्रसूति गृहबाट बच्चा चोरेकी महिलालाई काठमाडौं जिल्ला अदालतले एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे छ ।

अदालतले बच्चा चोरेकी महिलालाई डेढ लाख धरौटीमा छाड्न आदेश दिएकाे हाे ।

बच्चा चोरेककाे अभियाेगमा दैलेखकी २७ वर्षीया मानकुमारी सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दायर भएको थियो।

सिंहले आफू डिप्रेसनको बिरामी भएको र कसैलाई नभेटेपछि होस गुमेर भूलवस बच्चा घर लिएर गएकाे बयान दिएकी छिन्।

फागुन ११ गते राती मानकुमारी भक्तपुरबाट पक्राउ परेकी थिइन्। पूजन श्रेष्ठले आफ्नो नवजात शिशु अस्पतालबाटै चोरी भएको उजुरी गरेपछि तत्कालै प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा मानकुमारीले आफू लगातार गर्भ खेर गएपछि डिप्रेसनमा गएको र होस् गुमाएर भूलवस बच्चा घर लिए गएकाे बयान दिएकी थिइन्।

पूजनको २६ दिनको छोरीलाई उपचारका लागि प्रसूति गृह ल्याउँदा फागुन ११ गते दिउँसो अस्पतालबाट एक महिलाले लगिरहेको सिसिटिभी फुटेजमा देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *