काभ्रेपलाञ्चाेकमा नाला करुणामयको जात्रा सम्पन्न (तस्बिरहरू)

काभ्रेपलाञ्चाेक, १५ चैत्र । काभ्रेपलाञ्चाेक स्थित नाला करुणामयको जात्रा आज सम्पन्न भएकाे छ ।

नालामा रहेकाे करुणामयलाई खटमा राखी नालाकाे टाेलटाेल परिक्रमा गराएर जात्रा सम्पन्न गरिएकाे हो । हरेक वर्ष चैत्र कृष्ण तृतियाको दिन नाला करुणामयको जात्रा गरिने परम्परा रहेकाे छ । जात्राकाे संयाेजन संदेश शाक्यले गरेका थिए ।

नाला करुणामयाकाे चैत्र कृष्ण प्रतिपदाको दिन महास्नान गर्ने गरिन्छ । यसलाई स्थानीय नेपालभाषामा ‘करुणामयया न्हवं’ भनिन्छ ।

यसरी महास्नान गराइसकेपछी करुणामयको प्राणलाई मूर्तिबाट सारेर ब्रम्हकलशमा राखिन्छ । र भोलिपल्ट मुर्तिमा रंगरोगन गरी मूर्तिलाई दशकर्म पुजा गरीन्छ । दशकर्म पूजा सम्पन्न भएपछि नाला करुणामयको खट जात्रा गर्ने गरिन्छ ।