नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
काठमाडौँ, १८ कात्तिक । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नियुक्तिपछि आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुवेदीलाई नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।
