एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौँ, १२ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र काठमाडौँबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। प्रतियोगितामा काठमाडौँको यो पहिलो खेल हो भने जनकपुर यसअघि कर्णालीसँग पराजित भएको थियो।

आजै साँझ ५ बजे कर्णाली र विराटनगर भिड्नेछन्। कर्णालीले जनकपुरलाई हराएको थियो भने विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *