एसीसी प्रिमियर कप क्रिकेट
आज साउदी अरेबियासँग भिड्दै नेपाल
काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तरगत् आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाल आज साउदी अरेबियासँग भिड्दैछ ।
ओमानमा जारी प्रिमियर कप क्रिकेटकाे खेल मध्यान्न पौने १२ बजे अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनेछ ।
नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । साउदी अरेबियाले ३ खेलमा २ मा हार बेहोरेको छ भने २ अंकका साथ तेस्रो स्थानमा छ ।
नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ । यसअघि नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।
नेपालले टी–२० आईमा साउदी अरेबियासँग पहिलो पटक खेल्दैछ । नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना छ ।