ललितपुरको बाफलमा आगलागी, एकै घरका ५ जना घाइते

ललितपुर, २३ वैशाख । ललितपुरको महालक्ष्मी नगरपालिका-१७ स्थित बाफलमा एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् ।

आगलागीबाट घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।

उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयाे । प्रहरीका अनुसार टहरोमा केही ड्रममा पुरानो मोबिल भरेर राखिएको र उक्त मोबिल खन्याउने क्रममा आगो सल्किएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएकाे छ ।

घाइते मध्य तीन जनाकाे अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएकाे छ । आगो भने लगभग नियन्त्रमा आइसकेको छ ।