बज्राचार्यको नेतृत्वमा एमाले काठमाडौं महानगर–२१ मा नयाँ कमिटी (सात तस्बिर)

काठमाडौं, ६ जेठ । नेकपा (एमाले) काठमाडौं महानगरपालिका वडा–२१ को दसौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अशोक बज्राचार्यको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको छ ।

नयाँ नेतृत्वको उपाध्यक्षमा न्हुच्छेदेवी महर्जन, सचिवमा श्याम शाक्य उपसचिवमा मनिसा महर्जन र बाबुराजा महर्जन निर्वाचित हुनुभयो । अधिवेशनको उद्घाटन नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले गर्नुभएको थियो ।

उद्घाटन शत्रमा विशेष अतिथि पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौं महानगरका पूर्वमेयर एवं एमाले केन्द्रीय सदस्य विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, प्रदेश, जिल्ला र महानगर कमिटीका पदाधिकारीहरुलगायत रहनु भएको थियो ।

कार्यक्रममा सम्वोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले न्युरोडमा सडक साँघुरो बनाएर फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको योजना स्थानीयको भावना विपरीत रहेको भन्दै आलोचना गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डाक्टर अन्जान शाक्यलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि श्रेष्ठले सम्वोधनका क्रममा शाक्यको योगदानको चर्चा गर्नुभयो ।

काठमाडौं महानगरपालिका वडा–२१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमा केही समय अघि मात्रै नेकपा (एमाले) काठमाडौं महानगर कमिटीमा विजयी पदाधिकारीहरु गणेश श्रेष्ठ, उपाध्यक्ष उदयचुडामिण बज्राचार्य, सचिव धनबहादुर महर्जन, उपसचिव सिर्जना भेटवाल र देवेन्द्र खड्गीलाई पनि सम्मान तथा बधाई शुभकामना दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *