आहा ! भूस्वर्ग खप्तड (९ तस्बिर)
काठमाडौं, ७ जेठ । उहिल्यै युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएका थिए रे भनी स्कन्द पुराणमा खप्तडको चर्चा गरिएको पाइन्छ । समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड २ सय २५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।
वझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको छ । २२ वटा पाटन र ५३ वटा थुम्काहरू रहेको खप्तडमा सयौं थरी चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरिका जडीबुटी पाइन्छ ।
भूस्वर्गझैं लाग्ने खप्तड खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले पनि चर्चित छ । खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा परिचित छ ।
पौराणिक कालमा सिद्ध तथा ऋषिमुनिहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको पाइन्छ ।
खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले थप चर्चित बनाएको छ । यहि चर्चित ठाउँका सात तस्बिर ।
तस्बिरः जनक रावल