सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियाे अनुमति

काठमाडाैं, ९ जेठ । नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएकाे छ ।

सिरोहियालाई मंगलबार कान्तिपुरकाे कर्पाेरेट कार्यालय थापाथलीबाट पक्राउ गरिएकाे थियाे । सिरोहियालाई हिजै जिल्ला अदालत धनुषा लगिएको थियो ।

जिल्ला अदालत धनुषाले सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो ।

अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि सिरोहिया आगामी आइतबारसम्म थुनामै बस्नुपर्ने हुन्छ । शनिबार अदालत बन्द हुने भएकाले प्रहरीले अनुसन्धानका लागि आइतबारसम्मको समय पाउनेछ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *