जुट्याे संसदीय छानबिन समितिको ‘टीओआर’मा सहमति, के-के भए सहमति ?

काठमाडाैं, १५ जेठ । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाइएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुटेकाे छ ।

सोमबार शिर्ष नेताहरूबीच भएको अनौपचारिक सहमतिलाई मंगलबार कार्यदलले अन्तिम रुप दिएको हो ।

सहमति अनुसार, संसदीय छानबिन समितिमा ७ सदस्य रहनेछन् । उनीहरूलाई तीन महिनाको कार्यावधि हुने छ ।

सहमतिमा २० वटा समस्याग्रस्त सहकारीको नाम राखिएको छ। सहकारी संस्था गोरखा मिडिया प्रालि लगायतका अन्य सहकारीहरू रहेका छन् ।

यस्तो छ सहमति पत्र