धनगढीकाे तापक्रममा रेकर्ड ब्रेक, ४४ डिग्री नाघ्याे

धनगढी, १७ जेठ । धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ ।
बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको हाे ।
माैसम तथा विज्ञान विभाग अन्तर्गतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका माैसम विज्ञान सहायक सिंगल चाैधरीले दिउँसो मापन गरिएकाे रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसकाे रेकर्ड बिहीबार नै तोडिएको बताए ।
बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको माैसम तथा विज्ञान विभागले जनाएकाे छ ।