क्लब फसिक्यबको जनचेतनामुलक कार्यक्रम

काठमाडौं, २८ । क्लब फसिक्यबले मासिक धर्म समाप्तिपछि महिलामा हुने हर्मोन परिवर्तनबाट उत्पन्न शारीरिक, मानसिक तथा पारिवारिक समस्या सम्बन्धी सचेतना अभिमुखीकरण तथा जागरण कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा डाक्टर अमिला श्रेष्ठले महिलाहरूको मासिक धर्म समाप्ति पूर्व अनि पछि महिलाहरूमा हुने हार्मोन परिवर्तनबाट उत्पन्न हुने शारीरिक, मानसिक तथा पारिवारिक समस्याको पहिचान तथा निराकरणबारे जानकारीमूलक सल्लाह, सुझाव एवं समाधानको उपायबारे जानकारी गराउनु भएको थियो । स्त्री तथा प्रसूति रोग विषेशज्ञ श्रेष्ठले जनस्वास्थ्य र जनहितलाई ध्यानमा राखी यस्ता प्रशिक्षणमुलक कार्यक्रममार्फत जनचेतना जगाउँदै आउनु भएको छ ।

क्लव फसिक्यबका अध्यक्ष प्रज्वलमान शाक्यले कार्यक्रमको उपयोगिताबारे जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालक क्लवका सहसचिव अमृत काजी शाक्य र संयोजन अञ्जला स्थापितले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *