रामेछापकाे साँघुटार बजारकाे सुरक्षाव्यबस्था २४ सै घण्टा सीसीक्यामेराबाट
काठमाडाैं, १९ असार । रामेछापकाे स्थानीय जनसमुदायहरुको सहयोग र प्रहरीको विशेष सक्रियतामा रामेछाप नगरपालिका, ३ वडाका विभिन्न स्थानमा सीसीक्यामेरा जडान गरिएकाे छ।
बढ्दो चोरीका घटनाहरुलाई मध्यनजर गरी, अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरीको विशेष सक्रियतामा सीसीक्यामेरा जडान गरिएकाे हाे ।
रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार बजारमा ४(चार) थान सीसीक्यामेरा, सडक बत्ती जडान गरी रामेछाप नगरपालिका, ३ बजार एरियालगायतका स्थान र ओखलढुङ्गा जिल्लाको सीमा नाकाबाट भित्रीने र बाहिरीने सवारी साधन, मानिसहरुको २४ सै घण्टा चेकजाँच तथा निगरानी गर्ने रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले बताउनुभयाे ।
सीसीक्यामेरा जडानका लागि रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, ३ नं. वडा कार्यालय रामेछापका वडाध्यक्ष दल बहादुर प्रधान, समाजसेवी,स्थानीय व्यक्तित्वहरुको उपस्थिती रहेकाे थियाे । रामेछापका प्रहरी प्रमुख सिंहका अनुसार प्रहरी चौकी साँघुटार रामेछापबाट प्रहरी परिचालन भई २४ सै घण्टा मोनिटरीङ हुने जनाइएकाे छ ।