रास्वपाका सबै मन्त्रीहरुले राजीनामा बुझाउँदै
काठमाडौ, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)पनि प्रचण्ड सरकारबाट बाहिरिने भएका छन् ।
रास्वपाले प्रचण्ड सरकारमा सहभागी भएका सबै मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् ।
प्रचण्ड सरकारमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राजीनामा बुझाउन जान लागेको रास्वपाका एक सांसदले मैत्रीन्युजलाई बताए ।
रास्वपाका सभापति रवि लामिछानेकाे नेतृत्वमा ४ जना मन्त्रीहरू प्रचण्ड सरकारमा सहभागी थिए ।