गणित र जादु दुबै गुम्यो अब मार्गप्रशस्त गरेर नैतिकता जोगाउने कि कमरेड ?

                                                                                                          मोहन बास्तोला
काठमाडौं, २० असार । २०७९ मंसिरमा भएको निर्वाचनमा जम्मा ३२ सिटसहित तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले कहिले नेकपा (एमाले)को वैशाखीमा त कहिले नेपाली कांग्रेसको वैशाखीमा करीब १६ महिना सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्यो ।

सत्तासमीकरणसहित २०७९ को निर्वाचनमा होमिएको नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)लाई छाडेर नेकपा माओवादी केन्द्र २०७९ पुस १० गते नेकपा (एमाले) एमालेको साहारा माग्दै बालकोट पुगेको थियो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले साहारा माग्दै बालकोट पुग्नु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्ने बाटो खोलिदिनुभयो ।

ओलीकै आर्शिवादमा प्रचण्ड त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रभु साह लगायत सात पार्टीका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बन्नुभयो । उहाँलाई त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको प्रधानमन्त्री नियुक्त गर्नुभयो ।

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिनुभयो । त्यतिबेला उहाँले २६८ सांसदको मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला दुई सांसदले मात्रै विपक्षमा मत दिएका थिए ।

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिनुभयो । त्यतिबेला उहाँले २६८ सांसदको मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला दुई सांसदले मात्रै विपक्षमा मत दिएका थिए ।

एमालेको पूर्ण समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले केही महिना पनि वित्न नपाउँदै फेरि एमालेसँगको सहकार्य तोडेर पुस १० अघिको तत्कालीन सत्ता गठबन्धन औपचारिक रुपमै फेरि ब्युताउनु भएको थियो । उथलपुथलमा रमाउने प्रचण्डले समीकरण परिवर्तन गरेपछि एमालेलगायतका दलले उहाँको समर्थन फिर्ता लिएका थिए । ती दलले समर्थन फिर्ता लिएपछि प्रचण्डले चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभयो ।

उहाँले त्यतिबेला १७२ जना सांसदको मात्रै मत प्राप्त गर्न सफल हुनुभयो । उहाँको विपक्षमा ८९ सांसदले मदान गरे भने एक सांसद तटस्थ रहे । त्यतिबेला प्रतिनिधिसभामा भएको मतदानमा कुल २६२ सांसद उपस्थित थिए ।

आफू प्रधानमन्त्री बनेको १४ महिना पनि वित्न नपाउँदै उहाँले फेरि कांग्रेससँगको पनि समीकरण तोडिदिनुभयो र एमालेसँग सहकार्य गर्न आइपुग्नुभयो । अस्थिर चरित्रका प्रचण्डले कहिले कांग्रेस त कहिले एमालेसँग कुम मिलाउँदै सत्ता राजनीतिलाई पनि अस्थिर बनाउँदै जानुभयो ।

अस्थिर चरित्रका प्रचण्डले आफ्नो कार्यकालमा तेस्रो पटक अर्थात २०८० फागुन ३० गते फेरि प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभयो । उहाँको पक्षमा १५७ र विपक्षमा ११० मत पर्यो ।

अस्थिर चरित्रका प्रचण्डले आफ्नो कार्यकालमा तेस्रो पटक अर्थात २०८० फागुन ३० गते फेरि प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभयो । उहाँको पक्षमा १५७ र विपक्षमा ११० मत पर्यो ।

त्यतिबेला संविधानको धारा १०० (२) अनुसार संसद् बैठकबाट तेस्रो पटक प्रचण्डले विश्वासको मत लिदाँ प्रतिनिधिसभामा कायम २७५ सांसदमध्ये २६८ जनाको उपस्थिति थियो । एक जना सांसदले तटस्थमा मतदान गर्नुभएको थियो ।

प्रचण्डले फेरि २०८१ जेठ ७ गते प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीका बीचमा पनि मर्यादापालकको सुरक्षा घेराबाट रोष्टममा पुग्दै विश्वासको मत माग्नु भएको थियो । त्यतिबेला पनि प्रचण्डलाई एमालेसहित १५७ जनाले विश्वासको मत दिएका थिए भने एक जना सांसद तटस्थ बसेका थिए ।

हरेक पटक विश्वासको मत लिदाँ निरन्तर ओरालो लाग्दै जानुभएको प्रधानमन्त्री प्रचण्डले अझै पनि कहिले कांग्रेसको वैशाखी अनि कहिले एमालेको वैशाखीमा सत्ताको रजगज गर्ने रणनीतिलाई अख्तियार गर्दै आउनु भएको थियो ।

२०७९ को निर्वाचनपछि तेस्रो हैसियतमा पुगेको माओवादीले करीब १६ महिना सत्ताको रजगज गरे पनि केही दिन अघि अर्थात् असार १७ को मध्यरातपछि प्रचण्डको सत्ता राजनीतिका दुबै वैशाखी गुमेका छन् ।

२०७९ को निर्वाचनपछि तेस्रो हैसियतमा पुगेको माओवादीले करीब १६ महिना सत्ताको रजगज गरे पनि केही दिन अघि अर्थात् असार १७ को मध्यरातपछि प्रचण्डको सत्ता राजनीतिका दुबै वैशाखी गुमेका छन् ।

प्रचण्डलाई समेत अत्तोपत्तो नदिई पटक–पटक प्रचण्डबाट धोका खाएका कांग्रेस र एमालेले मध्यरातमा सत्तासमीकरणको सम्झौता गरेपछि अहिले १७ वर्षे सत्ता राजनीतिको गणितमा प्रचण्ड सबै भन्दा कमजोर अवस्थामा पुग्नुभएको छ ।

आफ्नो अस्थिर चरित्रलाई क्रमभङ्ग, छलाङ, जादुको उपमा दिदैँ आउनु भएका प्रचण्ड करीब एक हप्ता अघिसम्म पनि आफूसँग रहेको ३२ सिटे म्याजिकको हवला दिदैँ पाँचै वर्ष सरकार चलाउने धक्कु लगाउँदै आउनु भएको थियो । तर, असार १७ को मध्यरातपछि उहाँले करीब १७ वर्षदेखि प्रयोग गर्दै आएका क्रमभङ्ग, छलाङ, जादु सबैको उपादेयता एकैचोटी समाप्त भएको छ ।

यद्यपि, असार १७ को मध्यरातपछि कामचलाउ प्रधानमन्त्री बन्नुभएका उनै प्रचण्ड उपादेयता सकिएका क्रमभङ्ग, छलाङ, जादुलाई एक पटक फेरि प्रयोगमा ल्याउने दिवास्वप्नमा मख्ख बन्दै संविधानको धारा १०० को त्यान्द्रो समातेर मनको लड्डु घिउसित खाने चाहमा बालुवाटारमा नै विराजमान हुनुहुन्छ ।

आफ्नो अस्थिर चरित्रलाई क्रमभङ्ग, छलाङ, जादुको उपमा दिदैँ आउनु भएका प्रचण्ड करीब एक हप्ता अघिसम्म पनि आफूसँग रहेको ३२ सिटे म्याजिकको हवला दिदैँ पाँचै वर्ष सरकार चलाउने धक्कु लगाउँदै आउनु भएको थियो । तर, असार १७ को मध्यरातपछि उहाँले करीब १७ वर्षदेखि प्रयोग गर्दै आएका क्रमभङ्ग, छलाङ, जादु सबैको उपादेयता एकैचोटी समाप्त भएको छ ।

अहिले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस मात्रै होइन दोस्रो ठूलो दल नेकपा (एमाले)सहित मिलेर सरकार बनाउने सहमति गरिसकेका छन् । यस्तो अवस्थामा प्रचण्डसँग विश्वासको मत लिने कुनै पनि तर्क ‘लजिक’ देखिँदैन । तर, प्रचण्ड भने ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भन्ने संविधानको धारा १०० को त्याद्रो समातेर पिङ खेलिरहनु भएको छ ।

माओवादी केन्द्रसँग अहिले भएको भनेको ३२ सिट मात्रै हो । २१ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत प्रचण्डलाई विश्वासको मत दिने कुनै आधार भेटिन्न । कुल २७५ को प्रतिनिधिसभामा ३२ सिटको माओवादीले जस्तो सुकै जादु चलाए पनि वा जेसुकै तर्क गरे पनि विश्वासको मत पाउने संभावना देखिँदैन ।

प्रचण्डले विश्वास गरेको २१ सिटे रास्वपा विश्वासको मत फिर्ता लिन बालुवाटार पुगेको थियो । नेकपा (एमाले)ले हिजो राती नै विश्वासको मत फिर्ता लिइसकेको छ । सरकारमा सहभागी अन्य दलहरुले पनि विश्वासको मत फिर्ता लिइरहेका छन् । यस्तो अवस्थामा प्रचण्डले संविधानको धारा १०० को त्याद्रो समातेर पिङ खेल्नु कुनै नैतिक तर्क नभएको संविधानविद्हरुले पनि गर्ने गरेका छन् ।

संविधानविद् टिकाराम भट्टराई संसदमा विश्वासको मत ‘फेस’ गर्छु भन्ने प्रचण्डको तर्कलाई संविधानसम्मत भए पनि नैतिक तर्क नभएको बताउनुहुन्छ । ‘प्रचण्डले तीस दिन भित्र विश्वासको मत लिन्छु भन्ने तर्क संविधानमै उल्लेख भएको कुरा हो,’ भट्टराईले भन्नुभयो, ‘उहाँले म संसदमा फेस गर्छु भन्दा उहाँलाई जबरजस्ती निस्किनुपर्छ भन्ने कुरा भएन । त्यसैले, आफूसँग प्रयाप्त गणित छैन भन्ने प्रष्ट भएपछि उहाँले नैतिकताका आधारमा जति सक्दो छिटो मार्गप्रशस्त गर्नु नै अहिलेको सबै भन्दा उत्तम विकल्प हो ।’

‘उहाँले म संसदमा फेस गर्छु भन्दा उहाँलाई जबरजस्ती निस्किनुपर्छ भन्ने कुरा भएन । त्यसैले, आफूसँग प्रयाप्त गणित छैन भन्ने प्रष्ट भएपछि उहाँले नैतिकताका आधारमा जति सक्दो छिटो मार्गप्रशस्त गर्नु नै अहिलेको सबै भन्दा उत्तम विकल्प हो ।’

संविधानविद् भट्राई मात्रै होइन नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महत पनि नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको सहकार्यमा सरकार निर्माण गर्ने सहमति भैसकेको अवस्थामा प्रचण्डले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने तर्क गर्नुहुन्छ ।

नेकपा (एमाले)का प्रमुख सचेतक महेश वर्तौला पनि प्रचण्डले अब विभिन्न बाहानमा अल्झिरहने भन्दा पनि नैतिकता देखाएर मार्गप्रशस्त गर्नुको विकल्प नरहेको बताउनुहुन्छ ।

एमालेका एक नेता प्रचण्डमा अहिले विश्वासको मत लिने बाहनामा विगतमा जस्तै दुई ठूला दलबीच भूराजनीतिक प्रभावलाई समेत प्रयोग गरेर खेल्ने रणनीतिमा रहेको तर त्यो रणनीति कुनै हालतमा सफल नहुने ठोकुवा गर्नुहुन्छ । ‘कहिले एमालेको वैशाखी टेकेर त कहिले कांग्रेसको वैशाखी टेकेर प्रचण्डले करीब १६ महिना खेल्नुभयो,’ ती नेताले भने, ‘अब दुबै दलले प्रचण्डलाई वैशाखी दिनेवाला छैनन् । यस्तो अवस्थामा सत्ता राजनीतिको गणितमा अब लुलो भैसक्नुभयो ।’

सत्ता गुमाउनु पर्दाको पीडाले प्रचण्ड मात्रै होइन रास्वपा पनि रन्थनिएर भ्रष्टाचारीका फाइल खोल्न थालेपछि आत्तिएर रातारात समीकरण फेरबदलको प्रयास भएको भन्दै तथ्यहीन तर्कमा रुमलिएको आरोप ती नेताको छ ।

सत्ता गुमाउनु पर्दाको पीडाले प्रचण्ड मात्रै होइन रास्वपा पनि रन्थनिएर भ्रष्टाचारीका फाइल खोल्न थालेपछि आत्तिएर रातारात समीकरण फेरबदलको प्रयास भएको भन्दै तथ्यहीन तर्कमा रुमलिएको आरोप ती नेताको छ ।

अहिले दुबै वैशाखी गुमाउनु भएका प्रचण्डले संसदमा विश्वासको मत गुमाई सके पनि विश्वासको मत ‘फेस’ गर्ने अनैतिक बाटो समाएर अझै केही दिन गुमेको कुर्सीमा टाँसिरहने रणनीतिमा रहेको ती नेताको तर्क छ ।

‘अब प्रचण्डको जादु र रवि लामिछानेको गफ दुबै नपड्किने बन्दुक जस्तै भइसके,’ ती नेताले भने, ‘अब नपड्किने बन्दुक देखाएर चरो–मुसो पनि तर्सिनेवाला छैन ।’