बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

काठमाडाैं, १५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

उहाँले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

नेकपा एमालेसमेतको समर्थनमा उहाँ साउन ९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएकाे छ । लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *