रामेछाप प्रहरील गर्याे जोखिममा रहेको परिवारको उद्दार
रामेछाप, १८ साउन । जिल्ला प्रहरी कार्यालय रामेछापले अबिरल वर्षाका कारण जोखिममा रहेको परिवारको उद्दार गरेकाे छ ।
अबिरल वर्षाको कारण मन्थली न.पा.-२ बिरौटेकाे कठजोर खोलामा आएको बाढीले एक बहादुर भुजेलको घर तथा परिवार जाेखिममा परेकाले उद्दार गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदिप सिंहले जनाएकाे छ ।
उहाँका अनुसार भुजेलको ढुङ्गा माटोले बनेको,बासको टाटी तथा टायलले छाएको भान्सा घर बगाएको थियाे भने घर पनि जाेखिममा परेकाे थियाे ।
स्थानीय जनप्रतिनिधी र प्रहरीको सहकार्यमा जोखिममा रहेको परिवारको उद्दार गरिएको छ भने परिवारलाई सुरक्षित स्थानमा सारिएकाे छ ।