स्वस्थ समाज नेपालमा सीता श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति

काठमाडौं। बौंद्धिक अपाङ्गता भएका बालबालिकाहरुमा समर्पित सामाजिक संस्था स्वस्थ समाज नेपालले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको छ। शनिवार गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ स्थित हिमालीघरमा स्वस्थ समाज नेपालले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको हो ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न संस्थाको दशौं बार्षिक उत्सवमा मेयर रिसालले संस्थाले बौद्धिक अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा गर्दैआएको कार्य सिमित साधनको बाबजुद अत्यन्त राम्रो कार्य गर्दैआएको टिप्पणी गरे । संस्थाको उक्त सामाजिक कार्यमा नगरपालिकाले सक्दो सहयोग गर्दैआएको र गर्दैजाने पनि प्रतिबद्धता व्यक्त गर्ने कार्य मेयर रिसालवाट भएको थियो ।

सोही कार्यक्रममा उपमेयर सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष जयराम महत लगायतले संस्थाले गर्दैआएको कार्यको खुलेर प्रशंशा गरेका थिए । संस्थाको तर्फवाट मेयर रिसालले संस्थाको स्थापनाकालदेखि निस्वार्थ सेवा तथा सहयोग गर्दैआएका संचारकर्मी श्याम स्मृत, सत्यनारायण श्रेष्ठ (एस.एन.) लगायतलाई सम्मान पत्रव्दारा सम्मानित गरेका थिए।

त्यसैगरेर, दशौं बार्षिक उत्सव तथा साधारण सभाले सीता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ। जसमा डा.सुवाष प्याकुरेल उपाध्यक्ष, सीता थापा सचिव, सुभद्रा श्रेष्ठ कोषाध्यक्ष र सदस्यहरुमा अच्युतराज पोखरेल, उर्मिला खड्का, रिता रिजाल, सुजितमान श्रेष्ठ, खिलप्रसाद शर्मा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *