टीआरसी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने
काठमाडौं, २५ साउन । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ ।
कानुन समितिका सभापति बिमला सुवेदीले शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख देवराज घिमिरेलाई भेटेरै यस्तो आग्रह गर्नुभएकाे हाे । भेटमा कानुन न्याय तथा मानव अधिकार समितिका सदस्यहरू र संसद् सचिवालयका अधिकारीसमेत उपस्थित हुनुहुन्थ्याे ।
आगामी बैठकमा विधेयक पेस गर्ने व्यवस्थाका लागि समिति सभापति सुबेदीले पत्र बुझाएपछि सभामुख घिमिरेले भन्नुभयाे ‘लामो समयदेखि संसदमा विचाराधीन रहेको विषय समितिले सर्वसम्मत रुपमा टुंगो लगाएको छ । महत्वपूर्ण काम गर्नुभयो, यसका लागि यहाँहरूलाई धन्यवाद ।’
उक्त विधेयक गत बिहीबार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट दफावार छलफलसहित सर्वसम्मत रुपमा पारित भएको थियो ।