देशभरका नेवार समुदायले मनाए घिन्ताङघिसी नाचसँगै गाईजात्रा (देशैभरिका तस्बिरहरू)
काठमाडाैं, ४ भदौ । देशभरका नेवार समुदायले आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आज मनाएका छन् ।
दिवङ्गत व्यक्तिको सम्झनामा आज नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको छ ।
‘घिनिताङ घिनिता घिन्ताङघिसी त्वाक’ भनेर सांस्कृतिक गीत गाएर मनाइने प्रसिद्ध घिन्ताङघिसी नाचको आकर्षण भक्तपुरमा रहेपनि देशैभरी नमनाइने याे नाच भक्तपुर बाहेक केहि स्थानहरूमा मनाइने गरिन्छ ।
भक्तपुरमा भने सोमबार तलेजुको पूजागरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुआत गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । सोमबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि गाईजात्रा पर्व सुरु भएको मानिन्छ ।
भक्तपुरकाे जात्राको आकर्षणका रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच, जङ्गल नाच र माक प्याखं अर्थात् बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाचसमेत प्रदर्शन गरिएको छ ।
देशका विभिन्न स्थानमा भने भक्तपुरमा नचाइने जस्ताे सबै नाच नचाइदैन । भक्तपुरमा गाइजात्रा पर्व आठ रात नौ दिनसम्म मनाइने गरिन्छ ।
देशैभरिका तस्बिरहरू






काठमाडौँ, तस्बिर : हरिराम भेटुवाल




काठमाडौँ, तस्बिरः प्रदीपराज वन्त
तस्बिरः सन्देश मुनिकार