बलम्बुमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय
काठमाडौं, ६ भदौ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा भेटिएकाे संकास्पद वस्तु सेनाद्वारा निष्क्रिय पारिएकाे छ ।
बलम्बु स्कुल नजिकैको एक घर अगाडि संकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
नेपाली सेनाको बम डिस्पोज टोली गएर निष्क्रिय पारिसकेपछि शंकास्पद वस्तु रित्ताे कुकर भएकाे फेला पारेकाे थियाे ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले रित्तो कुकर तर्साउन मात्रै राखिएको भेटिएकाे र उक्त वस्तु बुधबार दिउँसो सवा बजेतिर २ जना व्यक्तिले राखेर गएको सीसीटीभी फुटेजमा देखिएको छ ।
सीसीटीभी फुटेजमा देखिएको ती व्यक्तिको प्रहरीले खाेजीकार्य जारी राखेकाे छ ।