कम्बोडियामा हुने मिस प्लानेट २०२४ मा नेपालवाट अनिसा पराजुली जाने

काठमाडौंँ । कम्बोडियामा आयोजना हुन गैरहेको ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने भएकी छन् । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी १८ नोभेम्बरमा कम्बोडिया जानेभएकी छन् ।
प्रतियोगीताका लागि उनी यतिबेला बिभिन्न प्रशिक्षणमा रहेकी छन् । प्रतियोगीतामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाएकी छन्।

नेपालको नाम विश्वमा चिनाउने यो एउटा अवसर भएकोले त्यो अवसरको भरपुर फाइदा उठाउने आफ्नो योजना रहेको पराजुली बताउँछिन् ।
‘मिस प्लानेट’को यो बर्षको थिम ‘दिगो विकाससँंगसगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ। प्रतियोगीतामा उनलाई नेक्स्ट मोडल्स नेपालले पठाउन लागेको हो । वीर नर्सिङ क्याम्पसमा माष्टर अध्यायनरत अनिसा पेशाले मनोचिकित्सा नर्स भएकोले पनि उनले राम्रो उपलब्धि हासिल गर्न सक्ने नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाको विश्वास छ।

अनिसाले हालै काठमाडौंँमा सम्पन्न नर्सहरु सहभागी सौन्दर्य प्रतियोगीता ‘मिस नेपाल पिस’को फस्टरनरअप विजेता हुन् । ‘मिस नेपाल पिस’मा विजेता बनेको कारण नै उनले ‘मिस प्लानेट २०२४’मा सहभागी बन्ने अवसर प्राप्त गरेकी हुन् ।