मोरङमा पानी तान्ने क्रममा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

विराटनगर, २६ भदौ । मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु भएको छ ।

मोरङकाे बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा बस्ने भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी ७२ वर्षीय श्रीमती कुमादेवी मण्डलकाे करेन्ट लागेर बुधबार को मृत्यु भएको हो ।

भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।