पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ६० जना भन्दा बढी बिरामी

झापा, २७ भदाै । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा पूजाको प्रसाद खाँदा ६० जना भन्दा बढी बिरामी परेका छन् ।

स्थानीय रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा पुजामा आएका पाहुना र टोलवासी बिरामी परेका हुन् ।

निरौलाको घरमा बुधवार पूजा लगाइएको थियो । पूजामा गएर प्रसाद खाने ६० भन्दा जना भन्दा बिरामी भएको वडाध्यक्ष भीष्म मिश्रले बताउनुभयाे । पूजामा गएकाहरूले रोटी अचार र अन्य तरकारीहरू खाएका थिए ।

प्रशाद खानेहरू अधिकांशलाई डायरिया र बान्ता भएको छ भने केहीलाई ज्वरो समेत आएको वडा अध्यक्ष मिश्रले बताउनुभयाे । बिरामी भएकाहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे स्थानीयले जनाएका छन् ।