स्थानीय तह उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारी दर्ता
काठमाडौं, १० असोज । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय ताेकिएकाे छ ।
उम्मेदवारको विरोधमा मंसिर ३ गते उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै मंसिर ५ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।
त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन प्रदान गरिनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।