सिनामंगलको एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौं, ९ मङ्सिर । काठमाडाैंकाे सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सिनामंगलस्थित होटल जन्मभूमिको एउटै कोठामा युवक र युवती मृत भेटिएका हुन् । उनीहरूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
उनीहरू शनिबार साँझ उक्त होटलमा बसेका थिए । चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूले बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएकाे अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ ।