‘देश अप्ठ्यारो अवस्थामा, सार्वभौमसत्ताविरुद्ध हमला भैरहेका बेला बैठक बसिरहेका छौँ’: अध्यक्ष ओली

काठमाडौं, ५ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशनै अप्ठ्यारो अवस्थामा रहेको र सार्वभौमसत्ताविरुद्ध हमला भैरहेका बेला बैठक बसिरहेको जानकारी दिनुभएको छ ।

उहाँले केन्द्रीय कमिटी बैठकमा सम्वोधन गर्दै यस्तो बताउनुभएको हो । निर्वाचनको पराजय किन भोगियो, कारण के हुन् र त्यसको सामना कसरी गर्ने भन्ने ठोस योजना बनाएर अघि बढ्नुपर्ने भएपनि त्यो संभव नभएको पनि उल्लेख गर्नुभयो ।

उहाँले बुबाको निधन, गिरफ्तारी, स्वास्थ्यलगायतका कारण बैठक ढिला भएको पनि उल्लेख गर्नुभयो । उहाँले ती सबै कुराले २ महिनाको समय लिएको भन्दै निर्धारित समय भन्दा केही ढिला बैठक बसेको पनि उल्लेख गर्नुभयो । उहाँले हस्तान्तरण पुस्तान्तरणलगायतका विषयलाई ध्यानमा दिएर कार्यदल बनाएको र त्यसले विलम्ब गरी काम गरेका कारण पनि ढिला भएको उल्लेख गर्नुभयो ।

उहाँले त्यो प्रतिवेदनबारे भने चर्चा गरिरहनु नपर्ने पनि उल्लेख गर्नुभयो । ओलीले कार्यदलको प्रतिवेदनलाई सम्पत्तिका रुपमा राखेको र अध्यक्षको प्रतिवेदन तयार भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *