‘केन्द्र सरकार हराउँदा एमालेले भोटेकोशी बाढीमा नमुनायोग्य काम गर्यो’: अध्यक्ष ओली

काठमाडौं, ५ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा अकल्पनीय बाढी आएको र त्यसले अकल्पनीय मानवीय र भौतिक क्षति गरेको उल्लेख गर्दै त्यसको राहत, उद्धार कार्यमा अरु पार्टीको तुलनामा बढी खटेको उल्लेख गर्नुभएको छ ।

उहाँले केन्द्रीय कमिटीको बैठकमा सम्वोधन गर्दै राज्यको अकर्मण्यताका कारण थप समस्या भएको पनि उल्लेख गर्नुभयो । उहाँले बेलिब्रिजलगायतका कुरामा अफवाह फैलाउने काम पनि सरकारले गरेको आरोप लगाउनुभयो । उहाँले बरु बागमती प्रदेश सरकारले भोटेकोशीमा तुहिन लगाएर जनताका बिचमा हामी छौँ भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।

उहाँले स्थानीय सरकार र स्थानीय पार्टी र एमालेका भोलेन्टियर्सले राहत तथा उदरमा नमुनायोग्य काम गरेको भन्दै प्रसंशा गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *