अष्ट्रेलियाकाे राजदूतमा चित्रलेखा यादव नियुक्त

काठमाडौँ, १० मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाकाे राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पूर्वउपसभामुखसमेत रहनुभएकी यादवलाई राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले यादवलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।