कीर्तिपुरमा माओवादी केन्द्रका शिवशरण र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई आयोगले सोध्यो स्पष्टीरण

काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीरण सोधेको छ ।

निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरित कार्य गरेकाले स्पष्टीकरण सोधेको हो । अनुगमन टोली पुग्दा आचारसंहिता विपरित गतिवधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको आयोगले जनाएकाे छ ।

कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । मङ्सिर १६ गते तीनवटा स्थानीय तहमा प्रमुखसहित स्थानीय तहका ४१ पदमा उपनिर्वाचन हुँदै छ ।