उपनिर्वाचन अपडेट :
दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान
काठमाडौं, १६ मङ्सिर । स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।
हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । उहाँले भन्नुभयाे मतदान शान्तिपूर्ण छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान हुँदै छ । निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।