चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले गर्नुभयाे शिष्टाचार भेट

बेइजिङ, १८ मङ्सिर । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटकाे अवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको हाे ।

प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चारदिवसीय भ्रमणका क्रममा हिजो अपराह्न चीन पुग्नुभएको हो ।