रविलाई हिरासत पठाइयाे
काठमाडौं, २७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाइएकाे छ ।
काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो ।
लामिछानेलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले जनाएकाे छ । सोमबार पुनः अदालत पेस गर्नेगरी लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो ।
गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए ।