उपसमितिले दियाे विवाहको उमेरहद १८ वर्ष राख्न सुझाव

काठमाडौं, २ माघ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिअन्तर्गत गठित उपसमितिले महिला र पुरुषको विवाहको उमेरहद १८ वर्ष राख्न सुझाव दिइएको छ ।

बुधबार समितिको बैठकमा सभापति विमला सुवेदीलाई प्रतिवेदन बुझाउँदै उपसमितिले यस्ताे सुझाव दिएको हो ।

मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति कानून समितिले तीन उपसमिति गठन गरेको थियो ।

समितिले उमेर नपुगेका केटा र केटीले विवाह गरे बाल विवाह हुने र इगोको भावनाले बाल विवाहमा जाहेरी नदिई बढी सजाय हुने कसुर जबरजस्ती करणी, अपहरण, शरीर बन्धकतर्फ मुद्दा दायर गर्ने गरिएको हुँदा १८ वर्ष विवाह गर्ने उमेरहद कायम गर्दा उचित हुने सुझाव दिएको हो । हाल विवाहको उमेरहद महिला र पुरुष दुवैको २० वर्ष छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *