कालीकोटमा ट्रक दुर्घटना, एकको मृत्यु
कालीकोट, २५ माघ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ–५ रुप्साका ४५ वर्षीय गङ्ग देउवाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार घाइते देउवालाई प्रहरीले उपचारका लागि सदरमुकाम मान्म लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
ट्रक सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ भने ट्रक चालक हाम फालेर बाँच्न सफल भएका छन् ।