बालमन्दिर जग्गा अनियमिततामा मानव अधिकार आयोगद्वारा अनुसन्धान
काठमाडौँ, २ माघ राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमितता सम्बन्धी अनुसन्धानको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन भनेको छ।
आयोगले उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार उक्त घटनाको छानबिन तथा अनुसन्धानका लागि अनुसन्धान मिसिलको प्रतिलिपि माग गरिएको हो।