पाठेघरको क्यान्सर रोकथाम: १३ लाख किशोरीले लगाए एचपिभी खोप

काठमाडौँ, ४ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानमा १३ लाख किशोरी सहभागी भएका छन्।

पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानमा माघ २२ गतेदेखि फागुन ४ गतेसम्म १३ लाख किशोरीलाई खोप लगाइएको हो।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ। कक्षा ६ देखि १० सम्मका छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रमार्फत खोप लगाइएको छ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अभियान सफल पार्न खट्ने स्वास्थ्यकर्मी, स्वयंसेवक, विद्यालय र सहयोगी सबैलाई धन्यवाद दिनुभएकाे छ ।

मन्त्रालयले १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ। नेपालमा पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने महिलाको संख्या उच्च रहेकाले सरकारले यो समस्या कम गर्ने उद्देश्यले निरोधात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *