सप्तरीमा अर्काको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने दुई पक्राउ

सप्तरी,२३ फागुन । अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–१२ घर भई हाल वडा नं ५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले विसं २०८० असारमा अर्को व्यक्तिको नागरिकता भेटेपछि दुवै जनाले मिलेमतोमा त्यसको दुरुपयोग गरी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

नागरिकतामा आरोपितमध्ये अरुणको फोटो टाँसेर विराटनगरस्थित सिटिजन्स बैङ्कमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी परेको छ। अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *