दोस्रो राष्ट्रिय जुनियर फुल–कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा वाग्मती प्रदेश च्याम्पियन

काठमाडौँ, २५ फागुन । दोस्रो राष्ट्रिय जुनियर फुल–कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा वागमती प्रदेश च्याम्पियन भएको छ् । बागमती ६ स्वर्ण पदक जित्दै च्याम्पियन भएको हो । ५ स्वर्ण जितेको कर्णाली प्रदेश उपविजेता र ३ स्वर्ण जितेको मधेस प्रदेश तेस्रो भयो ।

नेपाको नेपाल क्योकुसिन कराँते डो–संघको आयोजनामा भएको दोस्रो राष्ट्रिय जुनियर फुल–कन्ट्याक्ट कराँते च्याम्पियनसिप भएको थियोे । काठमाडौंको तिनकुने स्थित गैरीगाँउको अन्नपूर्ण विनायक स्कूलको प्राङ्गणमा भएको प्रतियोगिता महिला पुरुष तर्फ १४ तौल समुहमा प्रतिस्पर्धा भएको थियोे ।
प्रतियोगितामाको च्याम्पियन टिमलाई २५ हजार, उपविजेतालाई १५ हजार, तेस्रो टिमलाई १० हजार र चौथो हुनसफल टिमलाई ५ हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियोे ।

दुई दिने प्रतियोगितामा काठमाडौंसहित बागमती, कोशी, मधेश र कर्णाली प्रदेशका महिला÷ पुरुष गरेर २ सय ६० जुनियर खेलाडीहरूको सहभागिता थियोे ।
पाको नेपाल क्योकुसिन कराते डो–संघकी नेपाल ब्रान्च चिफ सन्जु महर्जनले प्रतियोगितामा विजेता खेलाडीहरुले आगामी दिनमा हुने राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने जानकारी दिएकी छन् ।