तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा कांग्रेस जिल्ला सदस्यको मृत्यु

तनहुँ, २५ फागुन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालयका अनुसार पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि जिपी कोइराला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।